द्रुतमार्गको सुरुङमा काम गर्नेक्रममा ढुङ्गा लागेर एक मजदुरको मृत्यु, एक घाइते

मकवानपुर | साउन ९, २०८१

द्रुतमार्गको सुरुङमा काम गर्नेक्रममा ढुङ्गा लागेर एक मजदुरको मृत्यु, एक घाइते

मकवानपुर:     मकवानपुरको बकैयामा काठमाडौँ निजगढ द्रुतमार्गको सुरुङमा काम गर्ने क्रममा ढुङ्गा लागेर एक मजदुरको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।

    
आज दिउँसो मकवानपुरको बकैया–१२ स्थित चालिसेडाँडामा काम गर्ने क्रममा ढुङ्गा लागेर बारा निजगढका अन्दाजी २७/२८ को विमल थिङको ज्यान गएको र उहाँसँगै काम गर्ने तनहुँका अन्दाजी २७/२८ वर्षीय राजु विक गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

    
थिङको घटनास्थलमै ज्यान गएको थियो । गम्भीर घाइते विकको हेटौँडा–११ मा रहेको सिएमसी चुरेहिल अस्पतालमा उपचार भइरहेको मकवानपुर प्रहरी प्रमुख सीताराम रिजालले जानकारी दिनुभयो । 

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्